प्रधानमन्त्री ओलीले आज मोदीसँग भेट्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई प्रधानमन्त्री बिचमा आजै भेटवार्ता हुनेछ । तर त्यो समयमा तलमाथि हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ । अमेरिकामा राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन पुगेका दुई प्रधानमन्त्रीका बिचमा साइडलाइन वार्ताका लागि नेपालबाट निकै ठुलो प्रयास भएको थियो । त्यसका लागि परराष्ट्रमन्त्री डा।आरजु राणा देउवा स्वयं त्यो प्रयासमा लागेकी थिइन् । लामो प्रयासपछि शुक्रवार मात्र भेटघाटलाई कार्यतालिकामा राखिएको छ ।

यो साइडलाइन वार्ता यसअघि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० को छैटौँ शिखर सम्मेलनको समयमा थाइल्यान्डमा हुने तय भएको थियो । तर त्यहाँको राजनीतिक अवस्थाका कारण उक्त बैठक स्थगित भएको छ ।

त्यसपछि दुई प्रधानमन्त्री बिचको भेटवार्ता अमेरिकामा हुने तय भएको थियो । ओलीसँग भारतको सम्बन्ध चिसिएकै कारण हालसम्म भ्रमणको निम्तो दिइएको छैन । बरु प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि लिखित निम्तो नै पठाइसकेका छन् । निमन्त्रणा पाए पनि मोदीले नेपाल भ्रमणका बारेमा कुनै तयारी थालेका छैनन् ।

प्रधानमन्त्री ओलीले युएनको महासभालाई असोज १० गते सम्बोधन गर्नेछन् । त्यसअघि उनले युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरिसकेका छन् । प्रधानमन्त्री ओलीले अन्य उच्चस्तरीय भेटवार्ता समेत गर्नेछन् ।

आजदेखि सुरु भएको ‘समिट अफ द फ्युचर’ सत्रमा नेपालको तर्फबाट सक्रिय सहभागिता हुनेछ । त्यसमा प्रधानमन्त्री ओली पनि सहभागी हुने बताइएको छ । विश्वका राज्य व्यवस्थामा देखिएको गम्भीर चुनौती र त्यसका समाधानको बारेमा सो समिटमा छलफल हुनेछ । यस सम्मेलनको उद्देश्य दिगो विकास लक्ष्यहरू ९एसडीजी० र संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्धताहरू पुष्टि गर्दै सहयोग अभिवृद्धि गर्ने रहेको छ ।

  • ६ आश्विन २०८१, आईतवार १४:२० प्रकाशित