कमजोरी स्वीकार गर्नुपर्नेमा रविले क्लिन चिट पाएको हल्ला गरे : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

दाङ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी गरेको बताएका छन् ।उनले  त्यसलाई लामिछानेले स्वीकार गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले स्वीकार्नुपर्नेमा उल्टै क्लिन चिट पाएको हल्ला गर्नु उचित नभएको धारणा राखे। प्रेस चौतारी नेपाल दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले यस्ता धोरणा राखेका हुन् ।

‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले,’ उनले भने, ‘सहकारीको रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गरिनुपर्छ।’

उनले सहकारीको सदस्य नरहेका व्यक्ती र कम्पनीलाई लगानी गर्न नमिल्ने बताए। ‘अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टी भयो । बीना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो । बीना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो,’ उनले भने।

  • ५ आश्विन २०८१, शनिबार १०:३० प्रकाशित