काठमाडौं ।
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले सभापतिमा शेरबहादुर देउवालाई साथ दिने भएका छन् ।
अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
सर्वसम्मति सर्वोत्तम १ दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु, ‘नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ १ पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’
सर्वसम्मति सर्वोत्तम l दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ l पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो l
सहि निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त
छु l— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 14, 2021