काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।
सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आज आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउने छन् । ओली संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न आउँदो ४ असोजमा अमेरिका जाँदैछन् ।
राष्ट्रसंघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री अमेरिकाको न्यूयोर्क जाने भएका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ ।
नेपालले राष्ट्रसंघको वडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंक मान्दै आएको छ। विश्व शान्तिका लागि नेपालले राष्ट्रसंघको छातामुनी रही महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।