भारतको बिहारमा अगस्ट १ देखि सेप्टेम्बर ९ सम्म राज्यका विभिन्न भागमा कम्तिमा सात नेताको हत्या भएको तथ्यांक छ ।
तथ्यांकले बिहारमा राजनीतिक दलसँग सम्बन्धित नेताहरूको हत्या भएको देखाएको छ । यस अवधिमा भाजपाका मुन्ना शर्मा, अजय साह र पश्चिम चम्पारणमा जेडीयू नेता विभव राई, सहरसामा जेडीयू नेता जवाहर यादव, हाजीपुरमा आरजेडी नेता पंकज राई र मुंगेरमा भाजपा नेता बंटी सिंहको हत्या भएको छ ।
पछिल्लो समय सोमबार साँझ बिहारको अरवलमा स्थानीय सीपीआई–एमएल नेता सुनील चन्द्रवंशीको गोली हानी हत्या गरिएको थियो । सुनिल पार्टीको अरवल जिल्ला कमिटी सदस्य थिए । सेप्टेम्बर ९ को साँझमा उनी मोटरसाइकलबाट घर फर्किंदै गर्दा अपराधीले उनलाई हमला गरेका थिए ।