दोलखा पोखरा मिलन समाजको साधारण सभा सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
दोलखा बाट पोखरा आएर पोखरालाई कर्मथलो बनाएर बस्ने दोलखाली हरूको संस्था दोलखा पोखरा मिलन समाज को २३ औं साधारण सभा सम्पन्न भएको छ ।संस्थाका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष नारायण कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले दोलखा माइतीघर वा घर हुने चेलीहरुबीच तीजको शुभकामना आदान प्रदानका साथै चेलीबेटी भेटघाट कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

कार्यक्रममा ताओ दर्शन पोखराका प्रमुख आनन्द दाहाल, सल्लाहाकारद्वय मान बहादुर थापा र पेमा डोमा शेर्पाले हरितालिकाको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा ९० वर्षीय ज्येष्ठ नागरिक चन्द्र माया खड्कालाइ दोसल्ला सहित सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष धन बहादुर खड्का ( भरत) को अध्यक्षतामा कार्यक्रम संपन्न भएको सँस्थाका सचिव कमल बस्नेतले जानकारी दिए ।

  • २१ भाद्र २०८१, शुक्रबार १४:४६ प्रकाशित