पार्किङ गर्ने क्रममा कारसहित सेती खोँचमा खसेका बाबुछोरीको उद्दार

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
कार पार्किङका क्रममा कारसहित खोँचमा खसेका दुईजनाको उद्दार भएको छ । बुधबार साँझ पौने ८ बजे पोखराको मेडिपल्स हस्पिटल पछाडी पार्किङ गर्ने क्रममा ग २ च ८१३८ नम्बरको कारसहित पोखरा ८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनका  ४ वर्षीया छोरी सितल आचार्य खोँचमा खसेका थिए ।

दुबैजनाको सकुशल उद्दार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । कार पार्किङ गर्ने क्रममा २० मिटर तल खोँचमा खसेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।

कार भने खोँचमै रहेको निकाल्ने कार्य भइरहेको उनले बताए । उनका अनुसार अहिले एक्साभेटरसहित नेपाल आर्मी र नेपाल प्रहरीले खसेको कार निकाल्ने प्रयास गरिरहेका छन् ।

  • १९ भाद्र २०८१, बुधबार २१:५७ प्रकाशित