पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।महाशाखाले सार्वजनिक गरेको मुल्य अनुसार आज आलुको भाउ बढेको छ ।
आज रातो र सेतो आलु दुवैको भाउ ६७ रुपैयाँ ५ पैसा रहेको छ । हिजो रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६५ रुपैयाँ रहेको थियो ।
आज सानो गोलेभडाको भाउ भने घटेको छ । आज सानो गोलभेडाँ के.जी.को ६१ र ठुलो गोलभेडा के.जी.को ७५ रुपैयाँ रहेको छ । हिजो सानो गोलभेडाँ के.जी.को औसत ६३ रुपैयाँ रहेको थियो । यस्तै आज प्याज सुकेको १२५ रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ६५ रुपैयाँ प्रति केजी रहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।














