नवलपरासी ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी नगरपालिका रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको ज्यान गएको छ । सेफ्टी ट्यांकीमा निसास्सिएर ३८ वर्षिय प्रकाशसिंह क्षेत्री, १९ वर्षिय गणेश बोगटी र पश्चिम नवलपरासी बर्दघाटका २८ वर्षिउ मोहम्मद राजाको ज्यान गएको हो ।
घटनास्थलबाट उद्धार गरेर अस्पताल लगेपछि उपचारको क्रममा उनीहरुको ज्यान गएकोे पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । विनयी त्रिवेणी गाउँपालिका घर भएका प्रकाशसिंह क्षेत्रीको शव जिल्ला अस्पताल नवलपरासी पश्चिममा राखिएको छ । अन्य दुई जनाको शव भैरहवास्थित भीम अस्पतालमा रहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
स्थानीय भोलासिंह क्षेत्रीको ट्वाइलेटको सेफ्टी ट्यांकीभित्र काम गर्ने क्रममा उनीहरू अचानक बेहोस भएका थिए ।













