कोरला, टिंकर र बेलहियामा अध्यागमन कार्यालय स्थापना गरिदै

केन्द्रभाग मिडिया

काठमाडौँ ।
गृह मन्त्रालयले नेपाल चीन सिमाना कोरला र टिंकर र भारतको सिमाना बेलहियामा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनतर्फ टिंकर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताए ।

मानसरोवर र कैलाश जाने यात्रुलाई लक्षित गरेर उत्तरतर्फ र दक्षिणतर्फ बेलहियामा वर्तमान मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा कार्यालय स्थापना गर्ने मन्त्री लेखकले बताए । उनले भने, ‘१ सय दिनभित्र टिंकर, कोरला र बेलहियामा कार्यालय स्थापना गर्ने भनेर स्थान पहिचान गरेका छौँ ।’

  • १४ भाद्र २०८१, शुक्रबार १६:४६ प्रकाशित