मोहन मैनालीको मुकाम रणमैदानलाई मदन पुरस्कार

केन्द्रभाग मिडिया

काठमाडौं ।
लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई यो वर्षको मदन पुरस्कार प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

त्यस्तै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । दुवै पुरस्कारको राशि ४÷४ लाख रुपैयाँ रहेको छ । जगदम्बा श्री पुरस्कार पाउने प्रा.डा. योगेन्द्र यादव र मदन पुरस्कार पाउने कृति मुकाम रणमैदान ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।

  • १४ भाद्र २०८१, शुक्रबार १२:५३ प्रकाशित