काठमाडौं ।
संघीय संसद्को दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
मंगलबारबाट दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् ।
संसद् भवनको स्काई हलमा सभामुखसहित संघीय संसद्आवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार संसद्का सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।