साताको अन्तिम दिन आज डलरको भाउ बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर, पाउण्ड र युरोको भाउ बढेको छ । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा थियो ।

आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा थियो ।

यस्तै युरो एकको खरिददर १४९ रुपैयाँ २७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९५ पैसा छ । हिजो युरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा थियो ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८६ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७५ पैसा रहेको छ ।

  • ७ भाद्र २०८१, शुक्रबार ०९:४४ प्रकाशित