लागू औषधको कारोबार गर्ने फार्मेसी संचालक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा पछिल्लो समय लागू औषध कारोबारमा फार्मेसीका संचालकहरु पक्राउ पर्न थालेका छन । प्रतिबन्धित लागू औषधहरु बिक्री गरेर मोटो रकम हात पार्ने उद्देश्यले फार्मेशी सञ्चालकहरुले लागू औषध बिक्री वितरण गर्ने गरेका छन ।
महिना दिनको अवधीमा कास्की प्रहरीले दुुईजना फार्मेशी सञ्चालकलाई पक्राउ गरेको छ । बुधबारमात्रै कास्की प्रहरीले लागू औषध बिक्री गरेको अभियोगमा पोखरा ९ नयाँबजारमा रहेको बिभुती फार्मेसीका सञ्चालक ४८ वर्षिय केदार अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले धादिङ निलकण्ठ नगरपालिका ९ घर भइ हाल पोखरा नयाँबजार बस्ने २७ वर्षिय बिजय पोखे्रललाई टापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल लेखेको ट्याब्लेट १ सय २० चक्की बिक्री गरेको खुल्न आएपछि प्रहरी अनुसन्धानको क्रममा पोख्रेलले उक्त लागू औषध पोखरा ९ नयाँबजारमा रहेको बिभुती फार्मेसीबाट थप ९० चक्की टापेन्टाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको कास्की प्रहरीका निमित्त सुचना अधिकारी अबिनाश दीप जिसीले जानकारी दिए ।
पक्राउ परेका फार्मेसी सञ्चालक केदार अधिकारीलाई कास्की जिल्ला अदालतबाट ९ दिन र बिजय पोख्रेललाई १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

  • ७ भाद्र २०८१, शुक्रबार ०७:४९ प्रकाशित