काठमाडौँको नागढुंगामा पहिरो खस्दा दुईतर्फी सवारी अवरुद्ध

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।

पहिरो खस्ने क्रम नरोकिएको नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले जानकारी दिए। माथिबाट माटो र ढुंगा खस्न रोकिएपछि पहिरो पन्छाउने गरी दुवैतर्फ डोजर तयारी अवस्थामा राखिएको छ ।

  • ५ भाद्र २०८१, बुधबार १४:०० प्रकाशित