अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल।

अर्घाखाँचीमा पहिरोले गोठ पुरिंदा एक जनाको ज्यान गएको छ ।

मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरो खस्न थालेपछि पशुचौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याँप्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले बताए ।

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ ।

  • ४ भाद्र २०८१, मंगलवार १५:३६ प्रकाशित