नियमानुसार कर्मचारीको आन्तरिक सरुवा : पोखरा महानगर

नयाँ आर्थिक वर्ष प्रारम्भसंगै ४२ कर्मचारीको आन्तरिक सरुवा, गीतसंगीत वा कुनै व्यक्ति प्रति दुराग्रह नराखिएको प्रष्टोक्ति

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरले आफ्नो ४२ कर्मचारीको आन्तरिक सरुवा भएको प्रष्टिकरण दिएको छ । कुनै कर्मचारीले आफूले इन्टरनेटमा अपलोड गरेको विषयलाई लिएर सरुवा गरिएको भनि गरेको प्रचार र त्यसमा आएका विभिन्न टिप्पणी प्रति ध्यानाकर्षण भएको जनाउँदै महानगरले आर्थिक वर्ष २०८१/०८२ संगै पहिलो चरणमा ४२ कर्मचारीको आन्तरिक सरुवा गरिएको प्रष्टिकरण दिएको हो ।

महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले कार्यालयले नियम अनुसार नै कर्मचारी सरुवा गरिएको प्रष्ट्याएका छन् । कर्मचारी सरुवा नियमित प्रक्रिया भएको विषयलाई  विषयान्तर गरी भइरहेको टिकाटिप्पणी प्रति महानगरको ध्यानाकर्षण भएको उनले बताएका छन् ।

उनले सरुवाको विषय कुनै व्यक्ति वा गीतसंगीत प्रति लक्षित नभएको प्रष्ट पार्दैै आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्याक्षत्रमा खट्ने कर्मचारी माथि कुनै प्रकारको भेदभाव वा दुराग्रह नराखिएको र नराखिने ध्यानाकर्षण पत्र मार्फत उल्लेख गरेका छन् ।

 

  • ३ भाद्र २०८१, सोमबार ०८:१३ प्रकाशित