काठमाडौं ।
त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरुले त्रिवि प्रशासन मै धर्ना दिएका छन् ।समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग विद्यार्थीको छ ।
ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको कारण हिजो बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् ।
गत मङ्सिर मै ट्रान्सक्रिप्ट लिनका लागि निवेदन दिएर पटकौं पटक धाउँदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट उपलब्ध नगराएको, ६ वटा विषयमा परीक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकाल्ने जस्तो गैर जिम्मेवार कार्यको विरुद्धमा धर्नामा बसेको विद्यार्थीहरुले बताएका छन् ।
यस धर्ना कार्यक्रम राति १२ बजे नै अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की, सचिव उपदेश यादव, सञ्जीव चौधरी लगायतका केन्द्रीय नेताहरू धर्ना स्थलमा उपस्थित भई ऐक्यबद्धता जनाएका छन् ।
विद्यार्थीका जायज मागहरू यथाशीघ्र पूरा गर्न त्रिविका सम्पूर्ण पदाधिकारी कर्मचारी तथा सम्बन्धित निकायहरूलाई आग्रह गर्दै विद्यार्थीको आन्दोलनमा न्याय प्रेमी जनसमुदाय, विद्यार्थी सबैलाई सहयोग पुर्याउनको निम्ति नेता उपदेश यादवले अपिल गरेका छन् ।
माग पूरा नभएसम्म धर्ना जारी रहने बताउँदै विद्यार्थीहरु राति पनि धर्नामै थिए ।