साँपले डस्दा दाङमा बालिकाको ज्यान गयो, आमाको अवस्था गम्भीर

केन्द्रभाग मिडिया

दाङ ।

साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको ज्यान गएको छ भने एकजनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले डस्दा छ वर्षीय इन्दु चौधरीको ज्यान गएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

साँपले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको ज्यान गएको उनले बताए । गम्भीर घाइते २५ वर्षीय आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

  • ३० श्रावण २०८१, बुधबार १०:३९ प्रकाशित