२ पदाधिकारीसहित ५७ जनाले फिर्ता लिए उम्मेदवारी (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन समितिले दिएको समयवधिमा २ पदाधिकारी सहित ५७ जनाले उम्मेदवार फिर्ता लिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मनोनयन फिर्ताका लागि थप गरि दिइएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ५७ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

तिलक प्रसाद सुब्बा र आदिवासी जनजातिका राजेन्द्र बहादुर गोर्खाली (खुला) ले पनि उम्मेदवारी फिर्ता लिएका छन् । पदाधिकारीबाहेक ५५ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् ।

  • २६ मंसिर २०७८, आईतवार १४:०० प्रकाशित