काठमाडौं ।
व्यवसायी दुर्गा प्रसाईलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएको छ।
भक्तपुरमा जारी एमालेको स्थायी कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी प्रसाईलाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका हुन्।
नेकपा एमालेको केन्द्रीय सदस्यमा विशाल भट्टराई , दुर्गा प्रसाईं र ऐन महरलाई प्रस्ताव गरिएको छ । गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई मनोनित गर्ने प्रस्ताव गरेका हुन् ।
झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक समेत रहेका प्रसाईं एमालेको महाधिवेशनमा झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा सहभागी भएका थिए।यस पहिले प्रसाई नेकपा माओवादी केन्द्रमा थिए।
यद्यपी बैठकमा प्रसाईलाई केन्द्रीय सदस्य नियुक्ती गर्न लागिकोमा विरोधका स्वर सुनिएका छन् ।