२० वर्षमा विहे गरी छिटो सन्तान जन्माउन प्रधानमन्त्री ओलीको युवाहरुलाई आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरुलाई आग्रह गरेका छन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित युवा सम्मेलन २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेको र त्यसले गर्दा आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतारा भएकाले युवाहरुले यसबारेमा सोच्नुपर्ने बताए ।

उनले हाल जनसङ्ख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए ।

उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले हाम्रा बच्चाहरू अभिभावकविहीन भएर सडकमा बस्न नमिल्ने स्पष्ट पारे । ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन्

  • २९ श्रावण २०८१, मंगलवार १७:४५ प्रकाशित