मोरङ ।
बेलबारी–३ करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
छावाको मृत्युको कारण भने खुल्न नसकेको उनले बताए । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीसहितको प्राविधिक तथा प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेका छन् ।














