त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन : शिक्षा मन्त्री भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुका विकल्प नरहेको बताएकी छिन ।मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै कुनै गुनासो नआउने गरि कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताइन ।

त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौ साधारण सभाको उद्घाटन गर्दै भट्टराइले उक्त कुरा बताएकी हुन । राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा, हरेक निकायलाई राजनीति मार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उनको भनाइ रहेको थियो ।

हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित अघि बढ्ने छौं । सरोकारवाला सबै निकायहरूलाई केही समय भित्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गरिन ।

  • २६ श्रावण २०८१, शनिबार १७:०६ प्रकाशित