काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्नेछ ।
बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
स्थायी समिति बैठक आजै दिउँसो ४ बजे बस्ने शर्माले जानकारी दिए ।