सन्ध्या आरतीमा वैदाम प्रहरी प्रमुख निरौलालाई स्वागत 

केन्द्रभाग मिडिया

पोखरा ।
फेवाताल किनारास्थित बाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपी) सन्तोष निरौला लाई स्वागत गरिएको छ ।यस क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारीका साथ पन्ध्रदिन अघिमात्र सरुवा भई  आउनु भएका निरौलालाई माता तालबाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापा, निवर्तनमा अध्यक्षहरु गिरिराज अधिकारी र मंगल नेपालीले सामुहिकरुप्मा सन्ध्या आरती स्थलमा रुद्राक्षको माला लगाइ स्वागत गरेका हुन ।
सन्ध्या आरतीका प्रमुख अतिथि समेत रहनु भएका प्रहरी नायव उपरिक्षक निरौलाले पर्यटकीय राजधानी पोखराको शान्ति सुव्यवस्था कायम गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । साँझको समयमा फेवाताल किनारामा महाआरती सञ्चालन गर्दा समग्र मानिसमा सकरात्मक सन्देश प्रवाह भई नकरात्मक सोचको अन्त्य हुनेमा जोड दिंदै उहाँले धार्मिक एवम् आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
२०७५ साल असोज २४ गते घटस्थापनाका दिनबाट सञ्चालन भएको सन्ध्या आरती कोभिडको समय होस वा बर्षाको समयमा पनि निरन्तरता दिंदै आएको माता तालबाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापाले जानकारी दिए ।
संस्थाका निवर्तमान अध्यक्ष मंगल नेपालीका अनुसार परिवारका सदस्यको जन्मदिनमा वा पुण्यतिथिमा आरतीमा कर्ता बन्नेको संख्या दिन प्रतिदिन बृद्धि हुँदा आरती सञ्चालनमा सहयोग पुग्ने गरेको छ । यसले पर्यकीय राजधानी पोखरा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुगेको उनकोे भनाई छ ।
फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरको समिप बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट संङ्गीतमय धुनमा हुने सन्ध्या आरतीमा सवै धर्मावलम्बी र विभिन्न उमेर समुहको रोजाईमा पर्ने गरेको छ ।
आरतीमा धुप, घिउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदान, लाछीधागो, फुपाती लगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने पण्डित तथा आरती समितिका कोषाध्यक्ष मदनराज न्यौपानेले जानकारी दिए ।
  • २४ श्रावण २०८१, बिहीबार १८:१६ प्रकाशित