एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : ज्यान गुमाएकाको शव काठमाडौँ लगियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव काठमाडौँ लगिएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालकसहित पाँच जनाको ज्यान गएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

  • २३ श्रावण २०८१, बुधबार १८:५५ प्रकाशित