मनसुनजन्य विपद्‍बाट हालसम्म १५४ को ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको ज्यान गएको छ।

बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन्। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्।दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुईरदुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।

गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन्।

  • २२ श्रावण २०८१, मंगलवार १०:५५ प्रकाशित