यो टिकाउ गठबन्धन हो : नेता निधी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दाबी गरेका छन् ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएकोले पनि यो गठबन्धन टिकाउ हुने उनले तर्क गरे ।

तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टि हुने सम्भावना नरहेको उनको भनाई थियो । पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने बताए । यसले देशमा विकासका बाटाहरू समेत प्रशस्त गर्ने दाबी उनको छ ।

  • २० श्रावण २०८१, आईतवार १०:५२ प्रकाशित