बाघ नियन्त्रणमा लिएपनि पुन बाघको आक्रमणबाट बाख्रा मारिएपछि स्थानिय चिन्तित

केन्द्रभाग मिडिया

कञ्जनपुर ।
मानिसको ज्यान लिने बाघ नियन्त्रणमा लिएको २४ घण्टा नबित्दै चारवटा बाख्रा मारिएपछि दोधाराचाँदनी नगरपालिका २ का स्थानीय पुनः चिन्तित बनेका छन । साउन १७ गते बाघको आक्रमणबाट दोधाराचाँदनी कमलशाह टोलकी २६वर्षिय हीराकुमारी शाहको जयन गएको थियो ।

शुक्रबार नरभक्षी बाघलाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको वन्यजन्तु उद्दार केन्द्र रम्मापुर पठाइएपछि स्थानीयको चिन्ता हरायो। तर, नरभक्षी बाघ नियन्त्रणमा लिएको २४ घण्टा पनि नबित्दै चारवटा बाख्रा मारिएपछि स्थानीय पुनः चिन्तित बनेका हुन ।

बाख्रा मारिएपछि बाघजस्तै नरभक्षी जनावर गाउँ पसेको भन्दै स्थानीयले जनप्रतिनिधि, प्रहरी र निकुञ्जका अधिकारीलाई पुनः गुहारेका छन् ।

स्थानीयका अनुसार देविस्थानका महेश रोकाया, जमुनाभाडीका ओमप्रकाश रोकाया, श्याम सुनार र धनबहादुर सुनारका एक÷एक बाख्रा शुक्रबार राति मारिएका छन्। चारै किसानका गोठमा बाँधिएका बाख्रामाथि आक्रमण भएको हो।
दोधाराचाँदनी नगरपालिका– ३ का स्थानीय देवेन्द्र भण्डारीका अनुसार पुनः अर्को नरभक्षी बाघ गाउँ पसेर बाख्रा खाएको आशंकामा स्थानीय त्रसित बनेका हुन ।

  • १९ श्रावण २०८१, शनिबार १६:३९ प्रकाशित