पोखरा उडेको बुद्ध एयरको बिमान काठमाडौंमै अवतरण

केन्द्रभाग मिडिया

काठमाडौं ।
पोखराको लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डौमै अवतरण भएको छ ।उडान नं.६५५, कल साईन ९एन–एएमडीमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको हो । काठमाडौंमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको उल्लेख छ।

  • १८ श्रावण २०८१, शुक्रबार १८:१० प्रकाशित