मौलाकालिका केबलकारको निर्माणाधीन भवनबाट खस्दा मजदुरको मृत्यु

केन्द्रभाग मिडिया

Symbolic picture

पोखरा ।
मौलाकालिका केबलकारको निर्माणाधीन भवनबाट खसेर मजदुरको मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैंडाकोट १ मौलाकालिका मन्दिरमा निर्माणाधिन भवनको चार तलाबाट खस्दा बाराको जितपुर उपमहानगरपालिका २० का २२ वर्षिउ गोरख राउत कुर्मी पटेलको ज्यान गएको हो ।

मौलाकालिका केबलकार प्रालिको टप स्टेसनमा रहेको निर्माणाधीन भवनको चार तलाबाट खसेर सोही भवनमा लेबर काम गर्ने मजदुरको मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार
शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।

  • १८ श्रावण २०८१, शुक्रबार १२:०३ प्रकाशित