एमाले केन्द्रीय सदस्यमा १७ जना जना मनोनीत (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेले १७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशहवा (रौतहट), जितेन्द्रदेव (सप्तरी),रामपृत राम (सिराहा) रहेका छन् । उनीहरू विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका थिए।

त्यस्तै एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना (अछाम)का साथै महेश बर्तौला (मकवानपुर) पनि केन्द्रीय सदस्य चयन भएका छन् । त्यसैगरी सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ),आशा जगेबु (पाँचथर) पनि एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।

एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा. गोपाल खनाल (नवलपुर),खालित हुसेन हक (सुनसरी) मनोनीत भएका छन् ।

सोही पदम हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी),अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा),धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके),जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मरासी (डोटी),सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत भएका छन् ।

  • १७ श्रावण २०८१, बिहीबार १७:०२ प्रकाशित