नेताहरुको मत्युको कामना गर्दै यज्ञ चलाइरहेका बेला धर्मगुरु पुष्कर खतिवडा पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडाले नेताहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । भीआईपीहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

२८ वर्षीय खतिवडाले साउन ११ मा सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गरेर महायज्ञ हुन लागेको भन्दै सहभागीताका लागी आह्वान गरेका थिए ।

फेसबुक लाइभको निरन्तरता स्वरूप उनले सोमबारदेखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित मण्डिखाटारमा यज्ञ सुरु गरेका हुन् ।

  • १४ श्रावण २०८१, सोमबार १५:४६ प्रकाशित