नेकपा एस अध्यक्ष नेपाललाई १८ पदाधिकारी छान्न सकस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका १८ जना पदाधिकारी छान्न सो पार्टीलाई सकस परेको छ ।

असार २१ गते ९३ सदस्यीय अपुरो केन्द्रीय समिति बनाएको सो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय पदाधिकारी चयन गर्ने भएको छ । त्यसका लागि सो पार्टीले २९९ सदस्य चयन गरेर बाँकी पदाधिकारी मतदानमार्फत चयन गर्ने भएको हो ।

‘७ सचिवका लागि ३५ जनाको दाबेदारी परेको छ । पदाधिकारी चयन गर्न केन्द्रीय कमिटी सदस्यको मतदानमार्फत गर्नुपर्ने देखिएको बताइएको छ । केन्द्रीय समिति सदस्य छान्न नै सकस भएको सो पार्टीमा पहिला केन्द्रीय समिति सदस्यलाई पूर्णता दिने र त्यसपछि पदाधिकारी छान्ने नेतृत्वबिच मोटामोटी सहमति भएको छ । १४ गते पूर्णता दिने भनिएको केन्द्रीय समितिमा नेताहरूको व्यवस्थापन कठिन बन्दा दुई दिनपछि सरेर साउन १६ गतेलाई सारिएको छ ।

एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी १८ जना पदाधिकारी छान्न बाँकी छ ।

  • १३ श्रावण २०८१, आईतवार १६:३७ प्रकाशित