दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी

केन्द्रभाग मिडिया

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको हो।

घटना आइतबार बिहान ४: २५ बजे भएको उनले बताए।ट्रकमा चालकसहित ३ जना रहेको र तीनै जनाको सकुशल उद्धार भएको प्रहरी निरीक्षक थापाले बताएका छन् ।

आगलागीबाट ट्रकको इन्जिन र बम्परको भाग तथा ६ वटा टायर जलेर नष्ट भएको उनले जानकारी दिए।

ट्रक खाली थियो। उक्त ट्रक सिमेन्ट लिन लमहीस्थित सिमेन्ट उद्योग आउँदै थियो। ट्रकमा आगो लागेको खबर पाउनासाथ अस्थायी पोस्ट रिहारबाट प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

‘वायरिङको तार सर्ट भएर आगो लागेको अनुमान प्रहरीको छ ।

  • १३ श्रावण २०८१, आईतवार ११:०५ प्रकाशित