लिङ्देनको भनाइप्रति प्रचण्डको आपत्ती ‘नेताहरुलाई बदनाम गर्न खोजियो’

केन्द्रभाग मिडिया

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि खतरा रहेको भन्दै सचेत रहन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्ववक्ता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइलाई खण्डन गर्दै त्यस्तो बताएका हुन् ।

लिङ्दनले कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरु आउँदा गाउँमा कुकुर आयो भन्ने अवस्था आयो भनेर भन्ने दिन आएको टिप्पणी गरेका थिए । सोही भनाइप्रति खण्डन गर्दै प्रचण्डले तानाशाही आउन लागेको भन्दै सचेत रहनुपर्ने बताए ।

‘तानाशाही त्यसरी नै आउँछ । हामी सचेत हुन जरुरी छ’, प्रचण्डले भने ।

त्यस्तै आफूहरुले बेलाबेला चर्काचर्का कुरा गरे पनि मिल्ने गरेको बताए ।

‘हामी आपसमा बेलाबेलामा चर्को प्रतिष्पर्धा गर्ने गरेका छौँ । हामी हातेमालो गरेर प्रधानमन्त्री बनाउने पनि गरेका छौँ’, प्रचण्डले भने ।

कार्यक्रममा उनले शान्ति सम्झौता र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत स्मरण गरे ।

  • २४ मंसिर २०७८, शुक्रबार १७:२४ प्रकाशित