ट्रकको डिजेल चोर्ने २ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ५ प्रस्याङमा पार्किङ गरी राखेको ट्रकको डिजेल चोरी गर्ने दुुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २ फिर्केपुल बस्ने १९ वर्षिय रोहित नेपाली र बाग्लुुङ बसपार्क बस्ने ४८ वर्षिय जिवन श्रेष्ठ रहेका छन ।

नेपाली र श्रेष्ठले प्रस्याङमा पार्किङ गरि राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट डिजेल चोरी गरेको कास्की प्रहरी प्रवक्ता बसन्तराज शर्माले जानकारी दिए । नेपालीले ट्रकबाट तीन वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरी पोखरा दमौली चल्ने ग १ ख ८१०२ नम्बरको बस धनी बाग्लङुबसपार्क बस्ने ४८ वर्षिय जिवन श्रेष्ठलाई ४ हजारमा बेचेको समेत प्रहरी प्रवक्ता शर्माले जानकारी दिए ।

वडा प्रहरी कार्यालय बगरको टोलीले खोजतलास गर्ने क्रममा बस भित्र राखेको पानीको तीन वटा जारमा राखिएको ६० लिटर डिजेल समेत बरामद गरिएको र पक्राउ परेका दुबैजनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले बताए ।

  • ८ श्रावण २०८१, मंगलवार २१:२७ प्रकाशित