नक्कली प्रहरी बनेर रकम माग्ने सुजित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरुको केही काम छ भने भन्नुहोस गरिदिन्छु’ भन्दै विभिन्न व्यक्तिसंग रकम माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ह्वाटस एप र टेलिग्राम मार्फत विभिन्न व्यक्तिसंग रकम माग गरेको आरोपमा पोखरा १६ बाटुलेचौरुका २१ वर्षीय सुजित क्षेत्रीलार्य कास्की प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माका अनुसार आइतबार लामाचौरबाट उनलाई पक्राउ गरिएको हो ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा दिन पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी नाय उपरीक्षक शर्माले जानकारी दिए ।

  • ७ श्रावण २०८१, सोमबार २१:२५ प्रकाशित