फिस्लिङ पहिरो अपडेट : सडक दुईतर्फी सञ्चालनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन(काठमाडौं सडकखण्ड सञ्चालनमा आएको छ ।सडकमा खसेको पहिरो पन्छाएर राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो ।सडक सञ्चालनमा आएपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

  • ७ श्रावण २०८१, सोमबार १०:४३ प्रकाशित