नयाँ पार्टी खोल्दै हृयदेश त्रिपाठीः २८ गते घोषणा कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् ।

त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् ।२८ गते पार्टी घोषणाको कार्यक्रम राखेको त्रिपाठीले बताएका छन् । त्रिपाठीको अनुसार त्यही दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक हुनेछ ।

त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिला स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत बनेका थिए ।

  • २४ मंसिर २०७८, शुक्रबार १४:५२ प्रकाशित