पोखरा ।
कास्कीको रुपा गाउँपालिकाबाट गण्डकी प्रदेशमै गाउँपालिका स्तरमा अनलाइन राष्ट्रिय परिचयपत्र दर्ताको शुरुवात भएको छ । गाउँपालिकाका बासिन्दालाई सहजता प्रदान गर्ने उद्देश्यले नेपाल सरकारबाट लागु गर्न लागिएको राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता आइतबार रुपा गाउँपालिकाको वडा नं ५ को कार्यालयबाट शुुभारम्भ गरिएको हो ।
आइतबार गाउँपालिकाका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसब्बा गुरुङले वडा नं ५ का सताब्दी पुरुष सिद्धिमान श्रेष्ठ र एकल महिला पदम माया परियारलाई अनलाईन दर्ता प्रमाणपत्र हस्तान्तरण गरि राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता कार्यक्रमको उद्घाटन गरेका हुन ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपा गाउँपालिकाको हरेक क्षत्रमा समृद्धिको अभियानका क्रममा नागरिकहरुले आधुनिक प्रविधिको प्रयोग गरि जनताहरुलाई सेवा प्रदान गर्ने र जनताहरुले आगामी दिनमा राष्ट्रिय परिचय पत्रको लागि जिल्ला प्रशासन र ईलाका प्शासन कार्यालयहरुमा परिचय पत्र दर्ता र परिचयपत्र नम्बर प्राप्त गर्नको लागि जान नपर्ने बताए ।
वडा नं ५ का अध्यक्ष राजन खनालले आफ्नो वडाबाट अनलाईन राष्ट्रिय परिचयपत्र दर्ता कार्यक्रम शुुभारम्भ भएको वताउदै आफ्नो वडाबाट वडा नं ३ र ४ को समेत अनलाईन दर्ता गरिने बताए । त्यस्तै उक्त वडाहरुको दर्ता प्रकृया सम्पन्न भएपश्चात अन्य वडाका अध्यक्षहरु संग समन्वय गरि अनलाइन दर्ता गरिने भएकाले वडा नं ५ भित्रका समुुदायले आफ्नो पालोमा आइ सेवा लिन समेत आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाका सुचना प्रविधि अधिकृत लक्ष्मण पंगेनीले अनलाईन दर्ता प्रणाली संचालनको लागि आवश्यक उपकरण डिभाइस पालिकाले आफै खरिद गरि नेपाल टेलिकमको लिजलाइन जडान भएका वडा नं. ५, ७ र गाउँपालिकाबाट सेवा प्रदान गर्न सकिने बताए र
कार्यक्रममा विभिन्न राजनितिक दल प्रतिनिधि र समाजसेवी हरुले मन्तब्य राखेका थिए । रुपा गाउँपालिका वडा नं. ५ का वडा सचिव यमुना ढकालले संचालन गरेको उक्त कार्यक्रममा वडा नं ५ का वडा सदस्य राम कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए ।













