महाधिवेशन नजाने अड्डी लिएका रामचन्द्र अन्तत् महाधिवेशनस्थल पुगे

केन्द्रभाग मिडिया

काठमाडौं ।

महाधिवेशनमा नजाने बताएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल अन्तत् महाधिवेशनस्थल पुगेका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।

यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए । उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए ।

नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।

  • २४ मंसिर २०७८, शुक्रबार १४:४१ प्रकाशित