पोखरा ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शुक्रबार) बिहान मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्ने छ । दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने दिउँसो भारी वर्षाको सम्भावना छ ।
आज राति राति देशभर साधारणतया बादल लाग्नेछ । राति देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात तथा मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना छ ।













