पौडेल समुहको बैठक साँझ , सहमति नभए पौडेललाई नै साँझा उम्मेदवार बनाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभापतिको साँझा उम्मेदवार छान्न नसकेको काँग्रेसको संस्थापनइतर समूहको बैठक साँझ बस्ने भएको छ । साँझ ५ उम्मेदवारको टुंगो लगाउन बैठक बस्ने पौडेल पक्षले जनाएको छ ।

साँझको बैठकबाट पनि साँझा उम्मेदवारमा सहमति हुन नसके वरिष्ठ नेता पौडेललाई नै सर्वसम्मत उम्मेदवारको रुपमा अगाडि सारिने नेताहरुले तयारी गरेको बताइएको छ।

महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल राखिएको छ । पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीहरूसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर हिँडेका छन् ।

पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए । एक नेताले भने, ‘भरे चारैजना दाबेदार राखेर सहमतिका लागि दबाब दिनेछौं, त्यसो गर्दा नि नभए सभापतिको साझा उम्मेदवारको रूपमा रामचन्द्र दाइलाई नै अघि सार्ने तयारीमा हामी लागेका छौं ।’

  • २४ मंसिर २०७८, शुक्रबार १३:४० प्रकाशित