एसईईमा एनजी आएका ५ विद्यार्थीको रिटोटलिङपछि ४ जीपीए

केन्द्रभाग मिडिया

काठमाडौँ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी (ननग्रेडेड) आएका पाँच जना विद्यार्थीको पुनर्योगपछि (रिटोटलिङ)चार जीपीए आएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार असार १३ गते सार्वजनिक गरेको एसईईको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । जसमा चार हजार २९७ जना विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिँदा पाँच जना एनजी आएका विद्यार्थीको चार जीपीए आएको हो ।

 बोर्डले नतिजामा चित्त नबुझेका विद्यार्थीहरूलाई असार ३१ गतेसम्म अनलाइनमार्फत निवेदन दिन आह्वान गरेको थियो । उक्त क्रममा १९ हजार ६०० विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए । प्राप्त आवेदनहरूमध्ये बोर्डले पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ ।

एसईईको नतिजामा एनजी आएका पाँच जना विद्यार्थीले भने पुनर्योगपछि चार जीपीए ल्याएका हुन् । २८२ जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले धेरै अङ्क इन्ट्री गर्दा, केही टाइपिङ गलत हुँदा नतिजा फरक परेको जनाएको छ ।

  • ३ श्रावण २०८१, बिहीबार १०:४२ प्रकाशित