शेखर समूहले नाम नदिएपछि देउवाले सात जनाको नाम मात्रै ओलीलाई बुझाए

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात जना मन्त्रीको नाम टुंग्याएका छन् ।

पार्टीको शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि देउवाले सात जनाको नाम मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् ।

  • ३१ असार २०८१, सोमबार ११:०५ प्रकाशित