स्याङजामा एकै घरका दिदीबहिनीको दहमा डुवेर ज्यान गयो

केन्द्रभाग मिडिया

स्याङजा ।

स्याङजाको रामकोषमा पानीको दहमा डुबेर दुई जनाको ज्यान गएको छ । पुतलीबजार नगरपालिका ४ रामकोष स्वाराका १४ वर्षिया लक्ष्मी थापा र १२ वर्षिया सुस्मिता थापाको पधेरामा नुहाउन र लुगा धुन गएको बेलामा दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।

मृतक दुवै जना एकै घरका दिदी बहिनी हुन ।घरदेखि ५०० मिटर टाढा रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका बेलामा दहमा डुबेको प्रहरीले जनाएको छ ।

  • ३० असार २०८१, आईतवार १८:५६ प्रकाशित