सिमलताल पहिरो अपडेट : थप दुई यात्रुको शव भेटियो

केन्द्रभाग मिडिया

Photo credit : APF

चितवन ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये थप दुई वटा शव भेटिएको छ । यो सँगै भेटिने शवको संख्या पाँच पुगेको छ। भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । आज भेटिएका मध्ये दुई शवको शनाखत हुन बाँकी छ ।

आज चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा शव भेटिएको हो । गोलाघाट स्थित नारायणी नदी किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता ९डीएसपी० शैलेन्द्र थापाले बताए । सशस्त्र प्रहरी गण नम्बर–१७ बाट खटिएको इन्स्पेक्टर मनोज गुरुङ नेतृत्वको टिमले शव निकालेर स्थानीय प्रहरीलाई बुझाएको छ ।

पूर्वी नवलपरासीका गैँडाकोट गरपालिका–७ स्थित गैरीमा पनि एकजना पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए ।

  • ३० असार २०८१, आईतवार १४:०० प्रकाशित