मुग्लिङ–नारायणगढ सडकमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको ज्यान गयो, यात्रु सकुशल

केन्द्रभाग मिडिया

Photo credit : APF

काठमाडौँ ।

मुग्लिङ–नारायणगढ सडकखण्डमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु भएको छ । बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसका चालकको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

लु २ ख ६५६६ नम्बरको बसका चालकलाई सत्रकिलोमा माथिबाट खसेको डुङ्गाले लागेको थियो । डुङ्गाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको हो ।

बस घटना स्थलमा नै रहेको र बसमा सवार यात्रुहरूलाई केहि नभएको सह सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • २८ असार २०८१, शुक्रबार ०९:१० प्रकाशित